महामन्त्री गगन थापा भन्छन्- कांग्रेसमा अब गुटबन्दी र भागबण्डा चल्दैन • Nepal's Trusted Digital Newspaperमहामन्त्री गगन थापा भन्छन्- कांग्रेसमा अब गुटबन्दी र भागबण्डा चल्दैन • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • महामन्त्री गगन थापा भन्छन्- कांग्रेसमा अब गुटबन्दी र भागबण्डा चल्दैन

महामन्त्री गगन थापा भन्छन्- कांग्रेसमा अब गुटबन्दी र भागबण्डा चल्दैन

  • सोमवार, पुस १९, २०७८
महामन्त्री गगन थापा भन्छन्- कांग्रेसमा अब गुटबन्दी र भागबण्डा चल्दैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब गुटबन्दी र भागबण्डा नचल्ने बताएका छन् ।

सोमबार अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई अब गुटबन्दी र भागबण्डाका आधारमा चल्न नदिने बताएका हुन् ।

‘हामी गुटबन्दी र भागबण्डा केही हुन दिन्नौं । सिंगो कांग्रेस बनाएर चलाउँछौँ,’उनले भने । उनले आगामी निर्वाचनसम्म १५ लाखलाई कांग्रेस प्रवेश गराउने लक्ष्य पार्टीको रहेको बताए । थापाले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रूपमा लिएर आगामी आठ महिनामा १५ लाख जना कांग्रेसमा प्रवेश गर्ने बताए ।

आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने प्रतिबद्धता उनले जनाए । २०४८ सालमा बहुमत पाएको कांग्रेसले गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा पाणिनी गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी थिइन् । गौतमलाई महामन्त्री थापाले पार्टीमा स्वागत गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका