विमानस्थलमा धेरै कुरा सुधार गर्नुपर्ने अनुभूति भयो : मन्त्री श्रेष्ठ • Nepal's Trusted Digital Newspaperविमानस्थलमा धेरै कुरा सुधार गर्नुपर्ने अनुभूति भयो : मन्त्री श्रेष्ठ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • विमानस्थलमा धेरै कुरा सुधार गर्नुपर्ने अनुभूति भयो : मन्त्री श्रेष्ठ

विमानस्थलमा धेरै कुरा सुधार गर्नुपर्ने अनुभूति भयो : मन्त्री श्रेष्ठ

  • सोमवार, पुस १९, २०७८
विमानस्थलमा धेरै कुरा सुधार गर्नुपर्ने अनुभूति भयो : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा श्रमिकहरूले झेल्नुपर्ने प्रकृयागत समस्यालाई समाधान गर्दै जाने बताएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग श्रेष्ठले विमानस्थलमा श्रमिकहरूका लागि अर्को दर्जा जसरी छुट्टै लाइन राखिएकोमा दुःख व्यक्त गरे । धेरै कुराको समस्या रहेको अनुभुति आफूले गरेको उनको भनाइ थियो ।

ईपीएसबाट कोरिया जान लागेका १६४ जना श्रमीकलाई इज्जतका साथ पठाउन आफूलगायत मन्त्रालयको टिम विमानस्थल पुगेको उनको भनाइ छ ।

‘कामदारहरुलाई अलि इज्जतसाथ कसरी व्यवस्थापन गरेर पठाउन सकिन्छ भनेर सिंगो मन्त्रालयको टिम नै यहाँ आएका हौँ,’ श्रेष्ठले भने, ‘हामी अहिले नै यो गर्छौं भन्दैनौँ, तर धेरै कुरा सुधार गर्नुपर्ने अनुभुति भएको छ ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका