सुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ • Nepal's Trusted Digital Newspaperसुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

सुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

  • सोमवार, पुस १९, २०७८
सुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

 

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकोमा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका