संघिय सांसद नेकपा नायारण प्रसाद मरासिनीद्धारा ”स्वस्थ परिवार” पुस्तक विमाेचन | Samacharpatiसंघिय सांसद नेकपा नायारण प्रसाद मरासिनीद्धारा ”स्वस्थ परिवार” पुस्तक विमाेचन – Samacharpati
  • होमपेज
  • संघिय सांसद नेकपा नायारण प्रसाद मरासिनीद्धारा ”स्वस्थ परिवार” पुस्तक विमाेचन

संघिय सांसद नेकपा नायारण प्रसाद मरासिनीद्धारा ”स्वस्थ परिवार” पुस्तक विमाेचन

संघिय सांसद नेकपा  नायारण प्रसाद मरासिनीद्धारा ”स्वस्थ परिवार” पुस्तक विमाेचन

स्याङ्गजा, १९ पुष । नेपालमा स्वास्थ्य सम्बन्धि नेपाली भाषामा लेखिएका स्वास्थ्य पुस्तक निकै कम देखिन्छन् । मानव प्राणी स्वस्थ रहनु जीवनमा ठुलो महत्व राख्दछ मानिस आफ्नो जीवनलाई सन्तोषमय ,सुखमय तरिकाले अगाडि बढाउन  त झन् स्वस्थ रहनु अत्यन्त जरूरी हुन्छ ।

स्वास्थ्य सेवामा अनवरत सेवारत स्वास्थ्यकर्मीको रूपमा सितला देवी शर्मा को प्रत्यक्ष अनुभव र चिकित्सा क्षेत्रका अप्ठयारा विधी र तरिकाहरूका बारेमा अत्यन्त सरल नेपाली भाषामा लेखिएको ”स्वस्थ परिवार” नामक पुस्तक अत्यन्त उपयोगी र एकदमै प्रभावकारी रहेको छ ।

”छोरी बचाओैँ, छोरी पढाओैँ, स्वस्थ परिवार निर्माण गराओैँ” भन्ने मुल मन्त्रको साथमा यस पुस्तक तयार गरिएको छ । यो पुस्तक आमा दिदीबहिनी तथा किशोरीहरूको लागि बढि उपयोगी हुने देखिन्छ ।

जीवनका उकाली र ओरालीहरूमा एक स्वास्थ्यकर्मीको नाताले बिरामीहरू सँगको प्रत्यक्ष भेटघाट र अनुभवका आधारमा सरलीकृत ढँगले  लक्षित समुह सम्म पुर्याउने मनशायले तयार पारिएको यो पुस्तक आकारमा सानो भएपनि राम्रै प्रकाश दिन सक्ने छ भन्ने आशा राखिएको छ , जस्ले गर्दा चिकित्सकीय भाषालाई ग्रामीण जनताले स्थानियकै जनजिब्रोका बोलीहरूमा सरल रूपमा बुझ्न मद्त मिल्ने विश्वास स्वास्थ्यकर्मीको रहेको छ ।

यो  पुस्तकद्धारा  जनस्वास्थ्यको क्षेत्रमा समाजले केही फड्को मार्ने अपेक्षा राखिएको छ । ”स्वस्थ परिवार” पुस्तक लेखिका  स्वास्थ्यकर्मी  स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका खड्केटारीमा जन्मिनुभएको हो । हाल उहाँ धनुषा जिल्ला मिथिला नगरपालिकामा अवस्थित  लालगढ अस्पतालको फार्मेसी इनचार्जको रुपमा कार्यरत हुनुहुन्छ ।

यस पुस्तकबाट स्वास्थ्य सम्बन्धि तालिम नलिएका आमा तथा दिदी बहिनीहरूलाइ स्वास्थ्य सम्बन्धी ज्ञान उपलब्ध गराउने , आफु र आफ्नो परिवारलाई कसरी स्वस्थ  रहने  भन्ने बारे सामान्य जानकारी होस् भन्ने उद्धेश्यले यो पुस्तक लेख्नुभएको छ ।

”स्वस्थ परिवार” पुस्तक कसरी सबै माझ पुर्याउने भन्ने उहाँको मनमा कुरा खेलिरहदाँ उहाँको आफ्नै जन्मभूमि आफुले नै क ख रा पढेको स्याङ्गजा जिल्ल्ला फेदीखोला २ खड्केटारीमा अवस्थित श्री काला भैरब उच्च माध्यामिक विध्यालयको ५६ ओैँ बार्षिकउत्सव को अवसरमा गाउँपालिका प्रमुख ,विध्यालय प्रमुख,ब्यबस्थापन समिति, प्रमुख अतिथि , विशिष्ट अतिथि राजनितिक दल, शिक्षक शिक्षिका अभिभावक  वुद्धिजिवि वर्ग, विधार्थी भाईबहिनि लगायत सम्पूर्ण को उपस्थितिमा संघिय सांसद नेकपा श्री नायारण प्रसाद मरासिनी ज्युको बाहुलीद्वारा पुस्तक विमोचन गरिएको थियो ।

विधालयका किशोर किशोरी उमेरका विधार्थीहरुलाई समय लिएर यस पुतक सम्बन्धी  केही कुरा जानकारी गराउदै ब्लड प्रेसर र ज्वरो कसरी लिने बारेमा प्रयोगात्मक रुपमा सिकाएर पुस्तक निशुल्क वितरण गरिएको थियो भने स्वइच्छाले लैजान चाहानेहरुको लागि रू ५० मुल्य तोकिएको छ । त्यस विधालयका कर्मचारी लगाएत अन्य व्यक्तिहरुले पुस्तक किन्नु भएको थियो ।

उक्त पुस्तक बाट प्राप्त रकम विधालयलाई नै दिईएको छ । त्यस रकमले फेरी आबश्यक पर्ने ब्लडप्रेसर नाप्ने यन्त्र र थर्ममिटर किनिने छ । जुन यन्त्रबाट नियमित रुपमा कक्षा ९/१०/११/१२ का विधार्थी र कर्मचारीलेहरुले फुर्सदको समयमा प्रयोगात्मक रुपमा सिक्ने छन् । जसले गर्दा विधालयमा सिकेको कुराले परिवार र गाउँघरमा थप सहयोग पुर्याउने छ भन्ने आशा गरिएको छ।

यस पुस्तकमा ज्वरो आउँदा पानीपट्टी कसरी लगाउँने, रक्तचाप, ब्लडप्रेसर को प्रकार, नाडि पल्स, श्वासप्रश्वास, गर्भवती वा बच्चा जन्माउने आमाले ध्यान दिनुपर्ने कुराहरू, समय समयमा अस्पताल गएर किन पेटको बच्चा र आमाको किन जाच गर्नु पर्ने ? बच्चा जन्मने बेलामा अस्पताल किन जाने ? , बच्चा जन्मिदा ध्यान दिनुपर्ने कुराहरू , बच्चा जन्मेपछि आमा र बच्चाको कसरी हेरचाह गर्ने ?  बच्चाको स्याहारसुसार कसरी गर्ने ? आमा र बच्चाले कस्ता खालका लुगा लगाउने ? लिटो कसरी बनाउने र कहिलेबाट खुवाउन सुरु गर्ने,बच्चालाई कहिले सुई लगाउँने ? नवजात शिशुमा देखिने साधारण समस्याहरू, आमालाई  हुनसक्ने साधारण समस्याहरू र बच्ने उपायहरू, कब्जियत, स्तन को मुन्टो फुट्ने , दुध गानिने, थुनाइलो हुने कारण , सुत्केरी मसला कसरी बनाउने, महिनावारीमा हुने समस्या, आङ्गखस्ने , झाडपखाला, पिसाब पोल्ने, जन्डिस , तालु फाटेका ,ओठ चिरिएका बच्चालाई कसरी हेरचाह गर्ने ? पोल्नुबाट बच्चालाई कसरी बचाउने,सानो उमेरमा विवाह गर्नुका बेफाइदाहरू, कुकुरले टोकेमा के गर्ने? कोरोना भाइरसबाट बच्ने उपाय, स्तन क्यानसर बाट बच्ने उपाय,पाठेघरको मुखको क्यानसरबाट बच्ने उपाय आदि लगायतका साधारण स्वास्थ्य समस्या तथा आफुले गर्न सक्ने समाधानका विषयमा यस पुस्तकमा जानकारी गराईएको छ ।

स्वास्थ्यकर्मी सितला देवी शर्मा ले आफ्नो बुबाको सम्झनामा यस पुस्तकलाई समर्पित गर्नुभएकाे छ । यो पुस्तकको सम्पादन डा.प्रकृति सुवेदीले गर्नु भएको छ । उंहा स्याङ्गजा जिल्ला यसै फेदीखोला गाउँपालिका -२ मिरुडाँडा घर भइ हाल धनुषा जिल्लाको को मिथिला नगलपलिका -१० मा अवस्थित लालगढ़ अस्पतालमा चिकित्सकको रुपमा कार्यरत हुनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका