कैदीको एकसय वर्ष कैद मिनाहा गरियो – Samacharpati Samacharpatiकैदीको एकसय वर्ष कैद मिनाहा गरियो – Samacharpati
  • होमपेज
  • कैदीको एकसय वर्ष कैद मिनाहा गरियो

कैदीको एकसय वर्ष कैद मिनाहा गरियो

कैदीको एकसय वर्ष कैद मिनाहा गरियो

अमेरिकामा १ सय १० वर्ष लामो कैद सजाय भोगिरहेका एकजना ट्रक ड्राइभरको १ सय वर्ष सजाय मिनाहा गरिएको छ । भयानक सडक दुर्घटनाका लागि जिम्मेवार ठहर्याउँदै उनलाई त्यति लामो कारावास सजाय सुनाइएको थियो । तर व्यापक जनविरोधका कारण सजाय फेरिएको हो ।

अमेरिकी कोलराडो राज्यमा रोजेल अग्विलेरा मेडेरोसले सन् २०१९ मा गराएको सडक दुर्घटनामा चारजना व्यक्तिको ज्यान गएको थियो ।

 

मुद्दाका दौरान उनी २७ वटा अभियोगमा दोषी करार भएपछि न्यायाधीशले उनलाई राज्य कानुनअनुसार लामो कैद सजाय दिनुपरेको स्पष्ट पारेका थिए । तर बिहीबार कोलराडोका गभर्नर जारेड पोलिसले उनलाई सजायमा अन्याय भएको बताउँदै सजाय घटाउने निर्णय गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका