अमेरिकामा राजेश पायल राईलाई स्टेजमै हातपात गर्ने दावाले मागे माफी | Samacharpatiअमेरिकामा राजेश पायल राईलाई स्टेजमै हातपात गर्ने दावाले मागे माफी – Samacharpati
  • होमपेज
  • अमेरिकामा राजेश पायल राईलाई स्टेजमै हातपात गर्ने दावाले मागे माफी

अमेरिकामा राजेश पायल राईलाई स्टेजमै हातपात गर्ने दावाले मागे माफी

अमेरिकामा राजेश पायल राईलाई स्टेजमै हातपात गर्ने दावाले मागे माफी

अमेरिकामा सांगीतिक प्रस्तुतिका क्रममा गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले माफी मागेका छन् । अमेरिकामा बस्दै आएका सोलु खरिखोलाका पासाङ दावा शेर्पाले राईलाई खादा ओडाएर माफी मागेका हुन् ।

शेर्पाले माफी माग्ने क्रममा आफू डिप्रेस भएको र मादक पदार्थ धेरै लागेकाले सो घटना घटेको बताएका छन् । ‘उहाँलाई मैले अंगालो मारेर उचालेको मात्र थिएँ । अलि बढी एग्रेसिभ भएछु । न्यु इयरको दिन अलिकति लागिसकेको थियो । मैले उहाँलाई स्टेजमा गएर यसो गर्दा डिस्टर्ब गरेजस्तो भयो । त्यसकारण म राजेश सरका सबै फ्यानसँग माफी माग्न चाहन्छु । राजेश सरलाई खादा लगाएर माफी माग्छु,’ उनले भनेका छन् ।

 

अमेरिकामा शेर्पाले माफी मागेको भिडियो गायक राईले सामाजिक सञ्जालमा सेयर गरेका छन् । भिडियो सेयर गर्दै राईले शेर्पा बिरामी भएका कारण माफी दिन फ्यान तथा शुभचिन्तकलाई आग्रह गरेका छन् ।

‘मानिस हो मानिसबाटै गल्ती हुन्छ । गल्ती स्वीकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना । अब उप्रान्त उहाँलाई गाली गलौज नगर्न आग्रह गर्दछु,’ राईले लेखेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका