शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले बन्द गर्‍यो विद्यालय • Nepal's Trusted Digital Newspaperशीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले बन्द गर्‍यो विद्यालय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले बन्द गर्‍यो विद्यालय

शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले बन्द गर्‍यो विद्यालय

  • सोमवार, पुस १९, २०७८
शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले बन्द गर्‍यो विद्यालय

शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ ।  गाउँपालिकाले सूचना जारी गरी पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो ।

ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । प्रतिज्येष्ठ नागरिकलाई करिब ६ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका