रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे • Nepal's Trusted Digital Newspaperरुकुमपूर्वका १४ मजदुर हिउँमा फसे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे

रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे

  • सोमवार, पुस १९, २०७८
रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे

रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन् । ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४ गते बाक्लो हिउँ परेको र त्यहाँबाट उनीहरू बाहिर आउन नसकेका हुन् ।

वडा नम्बर २ ले बजेट विनियोजन गरेपछि घोरेटो बाटो निर्माणका लागि योजना परेको थियो । सोही घोरेटो बाटो निर्माणमा खटिएका उनीहरू बाक्लो हिउँका कारण बाहिर आउन सकेका छैनन् ।

वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर आइतबार मात्रै खबर आएको थियो ।

उनीहरूमध्ये १० पुरुष र चार महिला छन् । जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन पाँच दिनदेखि ओढारमा बसिरहेका छन् ।

खाने रासन पनि सकिएकाले समस्या भएको बताइएको छ । सबै जना पेल्माका बासिन्दा हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका