कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना | Samacharpatiकोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना – Samacharpati
  • होमपेज
  • कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना

कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना

कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना

कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना गर्न लागिएको छ। हरेक वर्ष पुसमा हुने चरा गणना यो ३५औं हो।

मानव अतिक्रमणले कोशीटप्पुमा बर्सेनि जलचरा घट्दो क्रममा छन्। सयौंको सङ्ख्यामा एकै झुण्डमा पाइने चरा अहिले स-साना झुण्डमा देखिने गरेका छन्। कोशी पन्छी समाजका अध्यक्ष सञ्‍जीव आचार्यका अनुसार, यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ।

कोशी पन्छी समाज, बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउन्डस्, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पन्छी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पन्छीविद् संघ लगायत संस्था चरा गणनामा सहभागी भएको अध्यक्ष आचार्यले जानकारी दिए।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका