सबै पत्रकारको अगुवा संगठन चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः ईञ्चार्ज गुरुङ • Nepal's Trusted Digital Newspaperसबै पत्रकारको अगुवा संगठन चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः ईञ्चार्ज गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सबै पत्रकारको अगुवा संगठन चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः ईञ्चार्ज गुरुङ

सबै पत्रकारको अगुवा संगठन चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः ईञ्चार्ज गुरुङ

  • आइतवार, पुस १८, २०७८
सबै पत्रकारको अगुवा संगठन चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः ईञ्चार्ज गुरुङ

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रेस चौतारी सबै पत्रकारको अगुवा संगठन भएकाले पार्टीको लागि चौतारीको महाधिवेशन महत्वपूर्ण विषय रहेको बताउनुभएकाे छ ।

महाधिवेशन तयारीको सन्दर्भमा आयोजित कास्की जिल्ला भेलामा बोल्दै केन्द्रीय प्रचार विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहनुभएका गुरुङले चौतारीको यो महाधिवेशन चुनौती र अवसर दुवै रहेकाले भव्य र सभ्य रुपमा सम्पन्न गर्न आयोजक र स्थानिय व्यवस्थापन टीमलाई सुझाउनुभएकाे थियाे ।

महाधिवेशनबाट संगठनात्मक अराजकता अन्त्य गर्ने विश्वास मैले लिएको छु । महाधिवेशनले राजनीतिक सन्देश पनि दिनेछ । विचार, संगठन र व्यवहारमा प्रेस चौतारी अग्रभागमा रहनेछ । गुरुङले भन्नुभयाे– म प्रचार विभाग प्रमुख रहुन्जेल चौतारीसँग निकट रहेर पार्टीको प्रचारप्रसारको काममा सहकार्य हुनेछु । पार्टीको नेतृत्वमा भएका राम्रा कामहरुको चौतारीले प्रचारप्रसार गर्नुपर्नेछ ।

महाधिवेशन मूल व्यवस्थापन संयोजक गणेश पाण्डेले सबैको साथ र सहयोगले पोखरामा पहिलोपटक हुन लागेको महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास लिनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका