बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य • Nepal's Trusted Digital Newspaperबेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य

बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य

  • आइतवार, पुस १८, २०७८
बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य

लन्डन–बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो । संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी दबाब बढिरहेका बेला फेस मास्क अनिवार्य गरिएको हो ।

यसैबीच, कर्मचारीका ६ ओटा युनियनले भाइरस नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन् । फेस मास्ककै भरमा संक्रमण नरोकिने भन्दै थप उपाय अप्नाउन उनीहरुले सरकारलाई चेतावनी दिएका छन् ।

क्रिसमस र नयाँ वर्षको बिदापछि आगामी सातादेखि बेलायतमा विद्यालय पुनः खोल्दैछन् । यरोपेली देशमा विद्यार्थीलाई फेस मास्क अनिवार्य गर्ने बेलायत अन्तिम देश हो । नयाँ निर्देशिकाअनुसार शिक्षकहरुले फेस मास्क लगाउनुपर्नेछ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका