प्रतिनिधि सभा बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaperप्रतिनिधि सभा बैठक आज बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रतिनिधि सभा बैठक आज बस्दै

प्रतिनिधि सभा बैठक आज बस्दै

  • आइतवार, पुस १८, २०७८
प्रतिनिधि सभा बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गर्दै आएका छन् ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका