राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार | Samacharpatiराष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार – Samacharpati
  • होमपेज
  • राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ ।

पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रहेको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औँ वार्षिक साधारणसभाका अवसरमा आज केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले पुरस्कार प्रदान गरे ।

उपकुलपति गुरुङले व्यक्ति मर्यादित भए समुदाय मर्यादित हुने र समुदाय मर्यादित भए राष्ट्र मर्यादित हुने बताए । श्रीपति कोइराला गुठीले धर्म, संस्कार र संस्कृति संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरे ।

सम्मानित संस्था आविष्कार केन्द्रका प्रमुख पुनले देशको अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए ।  उनले सबै नेपालीले सिर्जनशीलतामा जोड दिनुपर्ने र प्रविधिको विकासका लागि अनुसन्धानमूलक कार्यलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका