पोल्ट्री व्यवसायमैत्री नीति ल्याउन माग • Nepal's Trusted Digital Newspaperपोल्ट्री व्यवसायमैत्री नीति ल्याउन माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोल्ट्री व्यवसायमैत्री नीति ल्याउन माग

पोल्ट्री व्यवसायमैत्री नीति ल्याउन माग

  • आइतवार, पुस १८, २०७८
पोल्ट्री व्यवसायमैत्री नीति ल्याउन माग

देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने नाराका साथ शनिबार धनगढीमा मनाइएको नवौँ राष्ट्रिय पोल्ट्री दिवसमा उनीहरुले कुखुरापालन व्यवसायले नेपाली अर्थतन्त्रमा  योगदान पुर्याएको जनाउँदै व्यवसायमैत्री उचित नीति बनाएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले व्यवसायको प्रवद्र्धन गरी आर्थिक रुपान्तरणमा लाग्न जरुरी भइसकेको जनाउँदै पौल्ट्री व्यवसायीका समस्या समाधानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल–भारतबीच रहेको खुला सीमाको फाइदा उठाउँदै अवैध ढङ्गले हुने अण्डा र कुखुराको तस्करीले पोल्ट्री व्यवसाय सङ्कटमा परेको व्यवसायीको गुनासो छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका