बुधबारबाट पुनः पश्चिमी वायु सक्रिय हुँदा जाडो थप बढ्ने • Nepal's Trusted Digital Newspaperबुधबारबाट पुनः पश्चिमी वायु सक्रिय हुँदा जाडो थप बढ्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बुधबारबाट पुनः पश्चिमी वायु सक्रिय हुँदा जाडो थप बढ्ने

बुधबारबाट पुनः पश्चिमी वायु सक्रिय हुँदा जाडो थप बढ्ने

  • आइतवार, पुस १८, २०७८
बुधबारबाट पुनः पश्चिमी वायु सक्रिय हुँदा जाडो थप बढ्ने

आज देशभर सामान्यतः मौसम सफा रहनेछ । केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसमविद्हरुको भनाइ छ ।

“आज देशभर सामान्यतः मौसम सफा रहनेछ । केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने हुन्छ । पार्टली क्लाउडी भए पनि हटेर पुनः घाम लागिहाल्छ,” मौसमविद् निराजन सापकोटाले भने ।

 

आज देशभरभ कतै पनि वर्षाको सम्भावना रहेको छैन । मध्य तथा पूर्वी नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटा बताउँछन् ।

बुधबारबाट पश्चिमी वायु पुनः सक्रिय हुने भएकाले वर्षा र हिमपातको सम्भावना हुने उनले जानकारी दिए । “पश्चिमी वायु पुनः सक्रिय हुँदा हिमपात र वर्षा हुने सम्भावना हुन्छ । हिमपात हुँदा जाडो पुनः बढ्छ,” उनी  भन्छन्, “हामी मध्ये जाडोमै छौं । माघे जाडो आउनै बाँकी छ । त्यसैले जाडो अझै बढ्न सक्छ । शून्य डिग्री सेल्सियससम्म तापक्रम घट्न सक्छ ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका