वनमा साग टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु • Nepal's Trusted Digital Newspaperवनमा साग टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वनमा साग टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

वनमा साग टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

  • शनिबार, पुस १७, २०७८
वनमा साग टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

नवलपुरको मध्यबिन्दु-१२ मा शुक्रबार बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो ।

बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए । सारूसँगै गएका अन्यले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । घटनास्थल अरुणखोला–दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका