एमालेले बहुमत ल्याउँछ : दुर्गा प्रसाईं | Samacharpatiएमालेले बहुमत ल्याउँछ : दुर्गा प्रसाईं – Samacharpati
  • होमपेज
  • एमालेले बहुमत ल्याउँछ : दुर्गा प्रसाईं

एमालेले बहुमत ल्याउँछ : दुर्गा प्रसाईं

एमालेले बहुमत ल्याउँछ : दुर्गा प्रसाईं

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हासिल गरेर सत्तारोहण गर्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले जनताले अब देशका लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाइसकेको भन्दै आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका हुन् ।

आगामी निर्वाचनमा एक करोड मत खसे ७० लाख मत त एमालेलाई मात्रै आउने उनको भनाइ छ ।

आफ्नो पार्टीले देशको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पनि उनले बताए । एमाले र माओवादी केन्द्र अलग–अलग भइसकेकोले फेरि मिल्ने सम्भावना नरहेको उनले उल्लेख गरे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका