बृहत फेदीखोला पोखरा सम्पर्क समाजद्धारा खहरे आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री साथै न्यानो कपडा वितरण • Nepal's Trusted Digital Newspaperबृहत फेदीखोला पोखरा सम्पर्क समाजद्धारा खहरे आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री साथै न्यानो कपडा वितरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बृहत फेदीखोला पोखरा सम्पर्क समाजद्धारा खहरे आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री साथै न्यानो कपडा वितरण

बृहत फेदीखोला पोखरा सम्पर्क समाजद्धारा खहरे आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री साथै न्यानो कपडा वितरण

  • शनिबार, पुस १७, २०७८
बृहत फेदीखोला पोखरा सम्पर्क समाजद्धारा खहरे आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री साथै न्यानो कपडा वितरण
photo source: manoj karki , anjan lal karki

फेदीखोला, १७ पाैष । बृहत फेदीखोला पोखरा सम्पर्क समाजद्धारा स्याङ्जा फेदीखाेला-२ खहरेमा रहेकाे श्री खहरे आधारभूत विद्यालयमा  अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक, खेलकुद सामाग्री साथै न्यानो कपडा वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

बृहत फेदीखोला पोखरा सम्पर्क समाजकाे स्थापना २०७६ मा भएकाे हाे । स्याङ्गजा फेदीखाेलामा जन्मिएर हुर्किएर विभिन्न कारण  बस पोखरामा बसोबास गर्नेहरुबीच भाइचारा र सहयोग आदान प्रदान गर्ने उद्येश्यले स्थापना भएको बृहत फेदिखोला पोखरा सम्पर्क  समाजमा आवद्ध रहनुभएका युवाव्यवसायिहरूले  विद्यालयमा  अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई  शैक्षिक, खेलकुद सामाग्री साथै न्यानो कपडा वितरण गर्नुभएकाे हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जस बहादुर जिसीको अध्यक्षतामा सम्पन्न  भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि बृहत फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्ण क्षेत्री, विशिष्ट अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, फेदीखोला गाउँपालिका वडा नं २ का अध्यक्ष हिमालय जंग बानियाँ, अतिथिहरु नेपाली काग्रेस फेदीखोलाका सभापति महेन्द्र थापा, नेकपा समाजवादी फेदीखोलाका सचिव अर्जुन खत्री, राप्रपा नेपाल फेदीखोलाका अध्यक्ष झपट बहादुर अधिकारी, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष सुवेदार रामबहादुर कार्की, सम्पर्क समाजका संस्थापक अध्यक्ष अविलास गुरुङ, प्रथम उपाध्यक्ष जगदीश लामिछाने, द्वितीय उपाध्यक्ष विजय पौडेल, संस्थाका अन्य पदाधिकारी र सदस्यहरु साथै वरिष्ठ समाजसेवी कमल बहादुर भुजेल, शंकर गिरी, अर्जुन भण्डारी लगायतको उपस्थिति रहेकाे थियो। कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक शिव कुमार गौतम र संस्थाका सह-सचिव मीनप्रसाद सुवेदीले संयुक्त रुपमा गर्नुभएको थियो। त्यस्तै विद्यालयकी शिक्षिका लेखमाया कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष जगदीश लामिछानेले कार्यक्रमबारे जानकारी दिनुभएको थियो।

प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत समाजसेवी जीतजंग कार्की, संस्थाका सदस्य हुमबहादुर खत्री ‘अर्जुन’, मनोज कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

उक्त कार्यक्रममा सचिव तथा यस कार्यक्रमका संयोजक लाल कार्की अन्जानले कार्यक्रम सफल बनाउन साथ र सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिंदै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।

श्री खहरे आधारभूत विद्यालयमा कक्षा एकदेखि पाँचसम्म जम्मा छात्रा र छात्र गरी  सैंतीस जना विद्यार्थीहरु रहेका छन्। शिक्षक शिक्षिका ६ जना रहेका छन् ।

ph 12 1 ph9 1 ph10 1 ph11 1 ph13 1 ph14 1 ph15 1 ph16 1 ph17 1 ph18 1 phedi pke4 1 phedi pkr7 1 phedi pkr8 1 pkr phe6 1 pkr phedi 4 1 pkr phedi3 1 pkr phedikhola 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका