नेलम्बो नेपालको चौथो वार्षिक उत्सव सम्पन्न • Nepal's Trusted Digital Newspaperनेलम्बो नेपालको चौथो वार्षिक उत्सव सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेलम्बो नेपालको चौथो वार्षिक उत्सव सम्पन्न

नेलम्बो नेपालको चौथो वार्षिक उत्सव सम्पन्न

  • शुक्रबार, पुस १६, २०७८
नेलम्बो नेपालको चौथो वार्षिक उत्सव सम्पन्न

नेलम्बो नेपालले आज एक विषेश कार्यक्रमका बीच आफनो चौथो वार्षिक उत्सव मनाएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालमा रहेको एक विपन्न परिवार तोल बहादुर थापाका ४ जना वालवच्चाहरुलाई जाडोमा लगाउने न्यानो कपडाहरु र स्टेशनरीका सामग्रीहरु नेलम्बो नेपालका अप्रेशन कोडिनेटर विदित साहले हस्तान्तरण गर्नु भयो ।
nelumbo nepal1
उक्त कार्यक्रमममा नेलम्बो जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी र निर्मला देवकोटा समेत उपस्थित हुनु भएको थियो । सामग्री हस्तान्तरण गर्दे साहले नेलम्बो नेपाल विपन्नता भएका व्यक्तिहरुको साथमा रहेको आफ्नो चौथो वर्ष सफलताका साथ विताएर पाँचौं वर्षमा प्रवेश गर्दैगर्दा विपन्नता भएका परिवारहरुलाई सानो भए पनि सहयोग गरी साथ दिन पाउँदा आफुहरु खुशी रहेको वताउनु भयो ।
nelumbo nepal
उक्त कार्यक्रमममा वडा अध्यक्ष ढुङ्गानाले नेलम्बो नेपाल माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ वासीको मन मस्तिष्कमा सधै रहेको र आज पुनः एक विपन्न परिवारका वालवच्चाहरुलाई न्यानो कपडा तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरि अर्को पुन्य कार्य गरेको प्रति आगामी वर्षका कार्यक्रमहरुको पनि पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो । उक्त सामग्रीहरु ग्रहण गर्दै थापाले नेलम्बो नेपालले आफ्ना नानी बाबुहरुलाई जाडो यामका कपडा तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरी ठुलो सहयोग गरेको प्रति हार्दिक आभार व्यक्तगर्नु भयो । उहाँले आफु शिक्षाको ज्योती प्राप्त गर्न नपाएका कारण आज धेरै दुःख कष्ट भोग्नु परेको र यी वाल वच्चहरुलाई सकेसम्म शिक्षा प्रदाने गरि सक्षम बनाउनका लागि हरदम लागि पर्ने बताउनु भयो । नेलम्बो नेपालले आफुले नसोचेका सामग्रीहरु प्रदान गरी सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

नेलम्बो नेपालले हरेक वर्षको पौष १४ गतेलाई नेलम्बो नेपालको स्थापना दिवसको रुपमा मनाउँदै आईरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका