फर्कियो सेनाको टोली,हिमपहिरो गएको ठाउँ पुगेर • Nepal's Trusted Digital Newspaperफर्कियो सेनाको टोली,हिमपहिरो गएको ठाउँ पुगेर • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • फर्कियो सेनाको टोली,हिमपहिरो गएको ठाउँ पुगेर

फर्कियो सेनाको टोली,हिमपहिरो गएको ठाउँ पुगेर

  • शुक्रबार, पुस १६, २०७८
फर्कियो सेनाको टोली,हिमपहिरो गएको ठाउँ पुगेर

एक जना बेपत्ता हुने गरी  धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहीबार नेपाली सेनाको टोली फर्किएको छ ।

गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका हुन् ।

काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । उनका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजिका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पुर्‍याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो ।

करिब चार/पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए । गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका