हिमपात र शीतलहर प्रभावितलाई सरकारले राहत दिने • Nepal's Trusted Digital Newspaperहिमपात र शीतलहर प्रभावितलाई सरकारले राहत दिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हिमपात र शीतलहर प्रभावितलाई सरकारले राहत दिने

हिमपात र शीतलहर प्रभावितलाई सरकारले राहत दिने

  • बिहिबार, पुस १५, २०७८
हिमपात र शीतलहर प्रभावितलाई सरकारले राहत दिने

सरकारले हिमालमा हिमपात र तराईंमा शीतलहर प्रभावितलाई राहत दिने भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हिमपात प्रभावित र शीतलहर प्रभावितलाई राहत दिने निर्णय गरेको हो ।

पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भएको थियो ।

मंगलबार रातिबाटै बदली भइरहेको मौसम बुधबार दिनभरि उस्तै रह्यो । देशभरि वर्षासँगको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । देशका अधिकांश उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिमपात भएको छ । यसै गरी काठमाडौं लगायतका धेरै ठाउँमा वर्षा भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका