तपाईँको आजको राशिफल • Nepal's Trusted Digital Newspaperतपाईँको आजको राशिफल • Nepal's Trusted Digital Newspaper

तपाईँको आजको राशिफल

  • बिहिबार, पुस १५, २०७८
तपाईँको आजको राशिफल

 

 

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 

आज आफन्त तथा साथीभाइसँग भेटघाट हुने र मन प्रसन्न रहने समय रहेको छ । आर्थिक तथा शेयर बजारबाट पनि राम्रै लाभ लिन सकिन्छ ।

 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ कार्यको योजना बन्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तले सहयोग गर्नेछन् ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

 

साहित्य एवं सङ्गीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

घरमा अतिथिको आगमन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्राविधिक काममा रुचि बढ्नेछ ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिने बानीले व्यर्थैमा दुःख पाइएला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पुँजी बजारमा रूचि बढ्नेछ । मङ्गल कार्यको योग पनि छ ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

आज आफ्नो दैनिकी काममा ढिलासुस्ती हुनेछ । नजिकैका व्यक्तिसँग असमझदारी बढ्न सक्छ, तर साँझमा आर्थिक लाभ भने मिल्नेछ ।

श्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

 

आज घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

 

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा पनि रहला ।

 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

 

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावना छ ।

 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारको क्षेत्रमा रुचि बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका