अस्थिर बन्दै सेयर बजार • Nepal's Trusted Digital Newspaperअस्थिर बन्दै सेयर बजार • Nepal's Trusted Digital Newspaper

अस्थिर बन्दै सेयर बजार

  • बुधबार, पुस १४, २०७८
अस्थिर बन्दै सेयर बजार

बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ । सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ तीव्र उतारचढाव देखिन थालेको छ । लगानीकर्ताहरू सूचिकृत कम्पनीको वित्तीय विवरणभन्दा पनि बजार हल्लामा प्रभावित हुँदा बजारमा तीव्र उतारचढाव हुन थालेको विश्लेषकहरू बताउछन् ।

लामो समय घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साता मंगलबारदेखि उच्च अंकले बढ्न थाल्यो । नेप्से सूचक २३ सयको लाइनमा झरिसकेको अवस्थामा मंगलबार ५६, बुधबार ९२ र बिहीबार १२ अंकले बढेर गत साता नेप्से सूचक २५२० अंकमा पुगेर बन्द भएको थियो ।

यो साताको पहिलो दिन आइतबार पनि ७१ अंकले बढेको नेप्से दुई दिनमा त्यति नै अंकले घट्यो । नेप्से सोमबार ६९ र मंगरबा २ अंकले घट्यो ।
बुधबार फेरि नेप्से पाँच दशमलव ५१ अंकले वृद्धि भई २५२४ दशमलव ४० अंकमा पुगेर बजार बन्द भएको छ । यसदिन २२८ कम्पनीको ५६ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका