नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन • Nepal's Trusted Digital Newspaperनेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन

नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन

  • बुधबार, पुस १४, २०७८
नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् ।

राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्र ः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रनिर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रूपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन् ।

सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसङ्ग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटकपटक देशभक्ति प्रमाणित गरेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं नेविसंघका संस्थापक सभापति विपीन कोइरालाले नेपालो संविधानले सबैलाई समेट्न नसकेको बताउँदै संविधान बनाउने मतियारहरू नेतृत्व तहबाट पाखा नलागेसम्म देश बन्न नसक्ने खरो टिप्पणी गरेका छन् ।

राप्रपाले महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर राष्ट्रियता, प्रजातन्त्र र धर्म संस्कृतिको रक्षाको आशा राख्ने र परिवर्तनको चाहना राख्ने जनताको ठूलो पंक्तिलाई आशा जगाएको उनको भनाइ छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका