सत्यनारयणको प्रश्न- भारतीय विस्तारवाद कता हरायो ? • Nepal's Trusted Digital Newspaperसत्यनारयणको प्रश्न- भारतीय विस्तारवाद कता हरायो ? • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • सत्यनारयणको प्रश्न- भारतीय विस्तारवाद कता हरायो ?

सत्यनारयणको प्रश्न- भारतीय विस्तारवाद कता हरायो ?

  • बुधबार, पुस १४, २०७८
सत्यनारयणको प्रश्न- भारतीय विस्तारवाद कता हरायो ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदनमा भारतप्रति हेर्न पार्टी दृष्टिकोण प्रष्ट नराखेको भन्दै टोली नेताहरूले प्रश्न उठाएका छन् ।

प्रज्ञा भवनमा जारी बन्दसत्रमा टोली नेताको रूपमा धारणा राख्ने क्रममा उनीहरूले भारतप्रति प्रचण्डको मौनतामा प्रश्न उठाएका हुन् ।

बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताका रूपमा सत्यनारायण भगतले राजनीतिक प्रतिवेदनमा ‘भारतीय विस्तारवाद’ उल्लेख गर्नुपर्ने बताएका छन् । उनले प्रतिवेदनमा अमेरिकालाई ‘साम्राज्यवाद’ भनेझैँ भारतलाई ‘विस्तारवाद’ भन्नुपर्ने उल्लेख गरेका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका