काठमाडौँमा फोहोर अलपत्र • Nepal's Trusted Digital Newspaperकाठमाडौँमा फोहोर अलपत्र • Nepal's Trusted Digital Newspaper

काठमाडौँमा फोहोर अलपत्र

  • बुधबार, पुस १४, २०७८
काठमाडौँमा फोहोर अलपत्र

गए रातिदेखि परेको वर्षातका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुँदा चोकचोकमा फोहोर थुप्रिएको छ ।लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलमा स्थानीयवासीले अवरोध गर्दा यही पुस पहिलो साता फोहोर व्यवस्थापन हुन सकेको थिएन । विगत पाँच दिनदेखि नियमितरुपमा उठ्न थालेको फोहोर निरन्तर परेको पानीको कारण पुनः रोकिएको हो ।

नियमित पानी परिरहे फोहोर सिसडोलसम्म लान नसकिने भन्दै काठमाडौँ महानगरपालिकाले नागरिकलाई केही दिनका लागि सकेसम्म फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको छ ।कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार पानी पर्दा फोहोर बोक्ने गाडी जान नसक्ने हुँदा चोकचोकमा फोहोर थुप्रिएको हो पानी पर्न रोकिएसँगै नियमित फोहोर व्यवस्थापन हुन्छ । हाल फोहोर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको छ । निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका