कटुवा पेस्तोलसहित पक्राउ • Nepal's Trusted Digital Newspaperकटुवा पेस्तोलसहित पक्राउ • Nepal's Trusted Digital Newspaper

कटुवा पेस्तोलसहित पक्राउ

  • बुधबार, पुस १४, २०७८
कटुवा पेस्तोलसहित पक्राउ

सुनसरीमा एकथान कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

दुहबी नगरपालिका–३ स्थित सामुदायिक अस्पतालअगाडिको बाटोबाट इटहरी उपमहानगरपालिका–१२, खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका