काठमाडौँ नजिकै कहाँ जाने हिउँ खेल्न ? • Nepal's Trusted Digital Newspaperकाठमाडौँ नजिकै कहाँ जाने हिउँ खेल्न ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमाडौँ नजिकै कहाँ जाने हिउँ खेल्न ?

काठमाडौँ नजिकै कहाँ जाने हिउँ खेल्न ?

  • बुधबार, पुस १४, २०७८
काठमाडौँ नजिकै कहाँ जाने हिउँ खेल्न ?

 

मौसम बदलिएपछि आज देशैभर पानी परिरहेको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । नजिकैको गन्तव्य कहाँ जाने हिउँ खेल्न ?

शिवपुरी
उपत्यकाको डाडाँ शिवपुरी हिउँ खेल्नको लागि आकर्षक गन्तव्य हो । यहाँ पुग्नको लागि सुन्दरीजल या बुढानीलकण्ठसम्म गाडीमा गएर त्यसपछि पैदल हिँड्नुपर्छ ।

चन्द्रागिरी
चन्द्रगिरि काठमाडौंवासीको लागि हिउँ खेल्न नजिक र सहज गन्तव्य हो । चन्द्रागिरि पुग्नको लागि सार्वजनिक गाडीमा जाने हो भने रत्नपार्क वा कलंकीबाट थानकोटसम्म पुग्ने चन्द्रागिरि यातायातमा गएर पैदल या केवलकारमा चन्द्रागिरि उक्लिन सकिन्छ ।

कालिन्चोक
काठमाडौंबाट एकदिनको यात्रामा पुगिने ठाउँ हो कालिन्चोक । त्यहाँ धार्मिक पर्यटकसँगै हिउँ खेल्न जानेहरुको पनि भीड लाग्ने गर्छ । त्यहाँ हिउँमा स्की गर्ने अवसर समेत मिल्ने त्यो ठाउँ जाडो मौसमको लागि उत्कृष्ट गन्तव्य हो । काठमाडौंबाट चरीकोटसम्म अरनिको यातायातमा बस चढेर जान सकिन्छ । चरीकोटबाट करीब एक घण्टाको हिँडाइपछि देउराली भञ्ज्याङ पुगिन्छ ।

दामन
मकवानपुरको दामन पनि हिउँ खेल्नको लागि महत्वपूर्ण गन्तव्य हो । काठमाडौंबाट धादिङको नौबिसे हुँदै जान सकिने यो गन्तव्य पुग्नको लागि आफ्नो निजी सवारी साधनमा सहज हुन्छ ।

ककनी
नुवाकोटको ककनी पनि हिउँ खेल्न जाने उत्कृष्ट गन्तव्य हो । चिसो मौसममा काठमाडौंबाट नजिकको गन्तव्यमा रहेको यो क्षेत्र पुग्नको लागि निजी सवारी वा सार्वजनिक सवारीमा पनि जान सकिन्छ ।

लाकुरीभञ्ज्याङ
लाकुरी भन्ज्याङ तीन जिल्ला ललितपुर, भक्तपुर र काभ्रेले छोएको ठाउँ हो । लाँकुरीभन्ज्याङ पुग्न लगनखेलबाट लुभु–पनौती जाने गाडी चढ्नुपर्छ । आफ्नो साधन लिएर पनि लुभुहुँदै कुल १९ किलोमिटरमा लाकुरी भञ्ज्याङ पुग्न सकिन्छ ।

नगरकोट
नगरकोट पनि काठमाडौं नजिकको हिउँ खेल्न जानेहरुको लागि उत्कृष्ट गन्तव्य हो । खानपानको राम्रो सुविधा सहित आकर्षक पर्यावरणको दृश्यावलोकनको लागि समेत चर्चित रहेको यो ठाउँ पुग्न अनेक बाटाहरु छन् ।

फुल्चोकी
ललितपुरको फुल्चोकी पनि हिउँ खेल्नको लागि काठमाडौंबाट नजिकको गन्तव्य हो । गोदावरीबाट १३ किलोमिटर उकालो चढेपछि फुल्चोकी पुगिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका