महिलामाथि सामूहिक बलात्कार, ७ पक्राउ • Nepal's Trusted Digital Newspaperमहिलामाथि सामूहिक बलात्कार, ७ पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महिलामाथि सामूहिक बलात्कार, ७ पक्राउ

महिलामाथि सामूहिक बलात्कार, ७ पक्राउ

  • बुधबार, पुस १४, २०७८
महिलामाथि सामूहिक बलात्कार, ७ पक्राउ

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिए ।

घटनामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका