‘अपरिचित अनुहार’ माथि मधुप्रसाद घिमिरेको अनुभव | Samacharpati‘अपरिचित अनुहार’ माथि मधुप्रसाद घिमिरेको अनुभव – Samacharpati
  • होमपेज
  • ‘अपरिचित अनुहार’ माथि मधुप्रसाद घिमिरेको अनुभव

‘अपरिचित अनुहार’ माथि मधुप्रसाद घिमिरेको अनुभव

‘अपरिचित अनुहार’ माथि मधुप्रसाद घिमिरेको अनुभव

 

लेखक महेश पौड्यालद्वारा लेखिएको शब्दमा अपरिचित तर अर्थपूर्ण र गहन भाव बोकेको यस अपरिचित अनुहार कथा सङ्ग्रह साँच्चै नै गाम्भिर्यताले भरिपूर्ण र छताछुल्ल छ । लेखनको बौद्धिक क्षमता र भाषा शब्दको स्पष्टताले मानिसको मानसपटलमा गहिरो प्रभाव पार्न सफल भएको छ । मानिसको जीवनकालमा हुने विभिन्न गतिविधि उसको भोगाइको अनुभव आदि विविध कुराले जीवनको सार्थकता बताइरहेको छ ।
सानो बालक कालका अनुभव देखि लिएर मृत्युको मुखमा पुगिसक्दाका तितामिठा अनुभव , उदासीनता , छट्पटी , ईच्छा , आकाङ्क्षा , रहर र चाहना , आत्मविश्वास र भरोसाले जिन्दगीलाई जीवन जिउनुको अस्तित्व बताइरहेको छ । “लेखिनु र मेटिनु नियति हो । मेटिए पनि फेरि लेख्नु जीवन हो ।“ ठूला मन्त्री (जो अरूलाई चाकरी वादमा अल्झाउने ) देखि लिएर त्यहीँ एक पेट पाल्नको निमित्त हरपल , हरक्षण पसिना र मिहिनेत माटोमा रुमलिएका गरिब किसानहरूको अनुभव ज्वलन्त देख्न सकिन्छ । तीव्र जनसंख्या वृद्धिको कारणले वातावरणमा हुन गएको असरले बोट बिरुवा र चराचुरुङ्गीमा पर्न गएको असर , गाउँ र ुसहरमा हुने फरक भिन्नताले जीवन जिउनुको नै अस्तित्व सङ्कटमा पारेको छ । मानिसको कुनै रोग औषधी उपचारले ठीक गरे पनि मानसिक रोगलाई निर्मूल पार्न सक्दैन । उसलाई आत्मविश्वास र भरोसा चाहिने कुरा यथार्थ रहेको सत्य अवगत गराउँछ ।

संस्कार र संस्कृतिले भरिपूर्ण ठाउँमा बाहिरी संस्कृति भित्रिए सँगै परम्परागत संस्कृति लोप भएको , मानिसहरू आत्मनिर्भर भन्दा परनिर्भरमा आश्रित , कुनै सत्कार , सद्भाव ,माया र स्नेह कसैसँग पनि नभएको आदि विविध कुराहरू समाजमा प्रष्टै देख्न सकिन्छ । यस्ता कुरालाई समाजबाट निराकरण गरि सभ्य , सु– संस्कृत समाज निर्माणको लागि कथाकार यस अपरिचित अनुहार मार्फत प्रेरित गरेका छन् ।
पुस्तक पढि सक्दा कतै भावुक, कतै आक्रोशित , कतै दयनीय त कतै मायाले स्पर्शित भइरहे । पुस्तकका ती अमृतमय शब्दहरूको रसस्वादन गर्दा अत्यन्तै हर्षित छु । अन्त्यमा यी र यस्तै पुस्तकका ती अमृतमय शब्दहरूको रसस्वादन गर्न पाइयोस् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका