सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ – Samacharpati Samacharpatiसेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ – Samacharpati
  • होमपेज
  • सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’

सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’

सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।

सिरहा कर्जन्हाका सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए । दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए ।

निर्णायकहरुले सन्तोषको खानाको तारिफ गर्दै उनलाई जिताएनन् मात्र, एक निर्णायकले त आफूलाई पनि एकपटक नेपाल लैजान अनुरोध गरिन् ।

गत वर्ष ३२ चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा साह विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका