नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादी पार्टीबीच एकता हुने भएको छ । (मंगलबार) दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।
एकीकृत समाजवादीले सामाजिक सञ्जालमार्फत पार्टी एकता हुन लागेको जानकारी दिएको छ ।
पार्टी एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।