सर्ट मुभी ''किन'' को टाइटल गीत सार्वजनिक,आइफ़ोन १३ जित्ने अवसर ! • Nepal's Trusted Digital Newspaperसर्ट मुभी ''किन'' को टाइटल गीत सार्वजनिक,आइफ़ोन १३ जित्ने अवसर ! • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सर्ट मुभी ”किन” को टाइटल गीत सार्वजनिक,आइफ़ोन १३ जित्ने अवसर !

सर्ट मुभी ”किन” को टाइटल गीत सार्वजनिक,आइफ़ोन १३ जित्ने अवसर !

  • सोमवार, पुस १२, २०७८
सर्ट मुभी ”किन” को टाइटल गीत सार्वजनिक,आइफ़ोन १३ जित्ने अवसर !

काठमान्डाैँ, १२ पाैष । लभ र सस्पेन्स स्टोरीमा तयार भएको सर्ट मुभी ”किन” को टाइटल गीत सार्वजनिक भएको छ । गणेश उप्रेदी ,केदार उप्रेदी ,सन्तोष राम्दम ,सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र रिलिज हुने तयारीमा  रहेकाे छ ।

उक्त चलचित्रको सर्वजनिक गीतमा स्वप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिदार्थ बिस्वले लेखन,निर्दशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेदीको सह(निर्दशन बिष्णु मिश्राको मेकअप असोक भुजेलको छायांकन देख्न सकिन्छ ।

चलचित्रलाई राम्रो बनाउन सम्पूर्ण टिमले मेहनत गरेको र उक्त कुरालाइ दर्शकले रुचाउने निर्देशक बिस्वको भनाइ छ । उनले यसअघि समेत ‘तिमि र म’ ,’२०२०’ लगायतका छोटो चलचित्र रिलिज गरिसकेका छन् ।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक गीतलाई सामाजिक संजालमा शेयर गर्ने मध्य एक जना भाग्यसालीलाई आइफ़ोन १३ प्रदान गर्ने बताएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका