एमसीसी पास भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा छ : भीम रावल – Samacharpati Samacharpatiएमसीसी पास भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा छ : भीम रावल – Samacharpati
  • होमपेज
  • एमसीसी पास भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा छ : भीम रावल

एमसीसी पास भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा छ : भीम रावल

एमसीसी पास भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा छ : भीम रावल

नेकपा (एमाले) का नेता भीम रावलले एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् । संसदबाट एमसीसी पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको उनको भनाइ छ ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रियामा रावलले संशोधनबिना एमसीसी पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी दिए ।

एमसीसी सम्झौता संशोधन गरेर अघि बढाउन आफू पनि सहमत रहेको रावलको भनाइ छ । नेपालकै कतिपय नेताहरूले सो सम्झौता संशोधनबिना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको उनले बताए ।

‘राष्ट्रिय स्वाधिनता कुनै पनि सर्तसँग सट्टपट्टा गर्न सकिदैन । गर्न मिल्दैन । यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ । यो सम्झौता संशोधन भयो भने सोचौँला,’ रावलले भने ।

सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपालका लागि स्वीकार्य हुनै नसक्ने रावलले बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका