लुम्बिनीलाई हराउँदै एपीएफ फाइनलमा – Samacharpati Samacharpatiलुम्बिनीलाई हराउँदै एपीएफ फाइनलमा – Samacharpati
  • होमपेज
  • लुम्बिनीलाई हराउँदै एपीएफ फाइनलमा

लुम्बिनीलाई हराउँदै एपीएफ फाइनलमा

लुम्बिनीलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं । धनगढीमा जारी पीएम कप राष्ट्रिय महिला क्रिकेटमा विभागीय टिम एपीएफ क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाप्ला क्रिकेट मैदानमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो । अब एपीएफले उपाधिका लागि प्रदेश १ सँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाइनल पुगिसकेको छ । एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले अविजित रहदै सर्वाधिक ३८ रन जोडिन । नितु भण्डारीले १८ रन जोड्दा कप्तान सरस्वती घर्ति मगर सुन्य रनमा आउट भईन । एपीएफकका रेखा रावलले ३ तथा सिता राना मगरले १ विकेट लिईन ।

यस अघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । एपीएफका लागि रोम थापाले अविजित ४२ रन जोडिन । यस्तै ममता चौधरीले २७ तथा कप्तान सिता राना मगरले अविजित १८ रन जोडिन । राजमती ऐरीले १४ र ज्योति पाण्डेले ११ रन बनाईन । लुम्बिनीका नेरी थापा,मधु डिसी र कृतिका मरासिनीले १र१ विकेट लिईन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका