पोखरा, ४ पुस । नेपाली काँग्रेसका सहमहामन्त्री जिवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन सबै दलको सहमतिमा पास हुने बताउनुभएको छ ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहमति पश्चात मात्रै एमसीसी पास हुने उहाँले विश्वास व्यक्त गर्नुभएको हो एमसीसी संसदमा टेबल हुने र सबैको सहमतिकाबीच पास हुने उहाँले बताउनुएको हो । एमसीसीको विषयमा सत्तारुढ दलभित्र मतभिन्नता रहे पनि एमसीसीकै कारण गठबन्धनमा कुनै परिवर्तन नआउने उहाँको भनाई रहेको छ । एमसीसीकै कारण पाँच दलीय गठबन्धन नटुट्ने उहाँको भनाई छ ।
काँग्रेसको १४ औँ महाधिवेशनले पार्टी एकत्रित र एकताबद्ध रहेको सन्देश दिएको बताउँदै पार्टीभित्रको गुटगटको अन्त्य गरेर पार्टीलाई अघि बढाउन आफुहरु प्रतिवद्ध रहेको उहाँको भनाई थियो । अब पार्टीको सम्पुर्ण ध्यान स्थानिय निर्वाचनमा केन्द्रीत हुने उहाँले बताउनुभयो ।
चुनावमा अन्य दलसंगको सहकार्य खुला हुने बताउदै उहाँले ठाउँ अनुसार कुनै कुनै ठाउँमा कुनै दलसंग तालमेल हुन सक्ने बताउनुभयो ।