धर्ना कार्यक्रम स्थगित • Nepal's Trusted Digital Newspaperधर्ना कार्यक्रम स्थगित • Nepal's Trusted Digital Newspaper

धर्ना कार्यक्रम स्थगित

  • आइतवार, पुस ४, २०७८
धर्ना कार्यक्रम स्थगित

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडक मर्मत तत्काल सुरु गर्न माग गर्दै बुटवलवासीले आह्वान गरेको ४ पुसको धर्ना कार्यक्रम स्थगित गरिएको छ ।

चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन दबाब दिन भन्दै ४ पुस डिभिजन सडक कार्यालय बुटवलमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका थिए । तर, सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु गर्छु भनेकाले धर्नाको कार्यक्रम स्थगlत गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिए ।

समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी- १, २ र ६ को ताइवान टोल माथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको थियो । अन्य कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम स्थगित गरिएको गौतमले बताए ।

समितिले केही दिनअघि नागरिक समाज तथा सरोकारवालासँगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यलयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो ।

समितिले ६ पुसमा खानेपानी संस्थानमा धर्ना दिई ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम बनाएको छ । समितिले १५ पुसमा  नगरपालिकामा धर्ना, १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेछ भने पुस २३ गते एक घण्टा चक्काजाम गर्नेछ । त्यस्तै समितिले २५ पुसमा नारासुलुस गर्ने पनि बताएको छ भने २६ पुसमा  बुटवल बन्दको कार्यक्रम घोषणा गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका