इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको अध्यक्षमा बलराम घिमिरे सर्वसम्मत | Samacharpatiइशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको अध्यक्षमा बलराम घिमिरे सर्वसम्मत – Samacharpati
  • होमपेज
  • इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको अध्यक्षमा बलराम घिमिरे सर्वसम्मत

इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको अध्यक्षमा बलराम घिमिरे सर्वसम्मत

इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको अध्यक्षमा बलराम घिमिरे सर्वसम्मत

पोखरा, १८ मंसिर । इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको सातौँ साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बलराम घिमिरेको अध्यक्षतामा ३ सदस्यीय पछि थप्नेगरि १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रकाश चन्द्र्र घिमिरे, द्धितिय उपाध्यक्षमा पार्वती पोखरेल चयन हुनुभएको छ । यस्तै नयाँ समितिको सचिवमा निर्मल सोती, सहसचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्षमा नवराज घिमिरे, सहकोषाध्यक्षमा कविता घिमिरे चयन हुनुभएको छ । समितिको सदस्यहरुमा काशिनाथ घिमिरे, विमला सोती, पदमचन्द्र सापकोटा, किरण बाबु घिमिरे र प्रदिप घिमिरे रहनुभएको छ ।

यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निवर्तमान अध्यक्ष छविलाल सुवेदीको संयोजकत्वमा सल्लाहाकार समिति चयन गरेको छ । उक्त समितिमा संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदी, त्रिलोचन घिमिरे, विन्दुराज घिमिरे, गजराज घिमिरे, मेदिनी घिमिरे र अप्सरा घिमिरे रहनुभएको छ ।

यसअघि सातौँ साधारणसभाको समाजका जेष्ठ सदस्य श्रीमाया घिमिरेले उद्घाटन गर्नुभएको थियो भने, सभाबाट अध्यक्ष छविलाल सुवेदीको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पार्वती पोखरेलको आर्थिक प्रतिवेदन र सचिव प्रकाशचन्द्र घिमिरेको सांगठानिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।

संस्थाका अध्यक्ष बलराम घिमिरेले आगामी दिनमा समाजमा रहेका सदस्यहरुको वृद्धिविकासका लागि रचनात्मक काम गर्ने बताउनुभयो । उहाँले इशानेश्वरबाट पोखरा आइ बसेका कोही सदस्य बन्न छुटेको भए उनिहरुलाई सदस्य बनाउन प्रोत्साहन गर्ने काम अभियानको रुपमा संचालन गरिने र सम्पुर्ण सदस्यहरुको विवरण अध्यावधिक गर्ने बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका