पोखराको पावर हाउसमा रामेश्वर युवा क्लब गठन, अध्यक्षमा गणेश ढुङ्गाना – Samacharpati Samacharpatiपोखराको पावर हाउसमा रामेश्वर युवा क्लब गठन, अध्यक्षमा गणेश ढुङ्गाना – Samacharpati
  • होमपेज
  • पोखराको पावर हाउसमा रामेश्वर युवा क्लब गठन, अध्यक्षमा गणेश ढुङ्गाना

पोखराको पावर हाउसमा रामेश्वर युवा क्लब गठन, अध्यक्षमा गणेश ढुङ्गाना

पोखराको पावर हाउसमा रामेश्वर युवा क्लब गठन, अध्यक्षमा गणेश ढुङ्गाना

पोखरा, १४ मंसिर । सामाजिक काममा सकृय रहन र युवाहरुको क्षमता अभिवृद्धि गर्न पोखरा महानगरपालिका १७ पावर हाउसमा नयँ क्लब गठन भएको छ ।

सोमबार सम्पन्न एक भेलाले गणेश ढुङ्गानाको अध्यक्षतामा रामेश्वर युवा क्लबको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शम्भु बराल, सचिवमा नवराज आचार्य, कोषाध्यक्षमा ध्रुव अधिकारी र सहसचिवमा माधव भण्डारी रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा मोति बहादुर कार्की, नारायण कार्की, आश कुमार गुरुङ, गोविन्द बहादुर शाही, अप्सरा गोदार र लक्ष्मी जिसी अधिकारी रहनुभएको छ ।

पोखरा १७ पावर हाउसमा स्थापना भएको यस क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै समाज निर्माणमा भुमिका खेल्न विभिन्न कृयाकलाप गर्ने उपाध्यक्ष शम्भु बरालले जानकारी दिनुभयो । युवाको शारिरिक मानसिक र व्यवसायिक क्षमता विकास गर्न र युवाहरुको जोश जाज्गरलाई समाजको विकासका निम्ति प्रयोग गर्न आफुहरुले विभिन्न कार्यक्रम संचालन गर्ने योजना बनाएको उहाँको भनाई रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका