स्याङजा, १४ मङ्सिर । नेपाली काँग्रेस नेता राजु थापा र उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेस नेता भागवत प्रकाश मल्ल बीच शुक्रवार भएको मतदानमा नेपाली काँग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित हुनु भएको छ ।
राजु थापा का प्रतिस्पर्धी भागवत प्रकाश मल्लले १०८५ मत ल्याउनु भएको थियाे भने राजु थापा ले १११७ मत ल्याउनुभएकाे थियाे । उहाँहरुको मतान्तर ३२ रहेको छ ।
शुक्रवार भएको मतदानमा दुई हजार दुई सय १८ मत खसेको थियो । काँग्रेस नेता राजु थापा संविधान सभा सदस्य हुनुहुन्छ भने भागवत प्रकाश मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुनुहुन्छ । त्यस्तै उपसभापति, सचिव र सहसचिवमा दुवै पक्षका एक /एक जना उमेद्वार निर्वाचित भएका छन् ।
थापा पक्षका केदार काफ्ले १३७० मत र मल्ल पक्षका शेर बहादुर थापा ८९३ मत ल्याई बिजयी हुनुभएकाे छ । त्यस्तै सचिवमा थापा पक्षका गुरु प्रसाद भट्टराई १२९२ र मल्ल पक्षका दामोदर लम्साल ९३४ मत ल्याइ बिजयी हुनुभएकाे छ ।
त्यस्तै सहसचिवमा धु्रवबन्धु पौडेल ११५८ मत र पृथ्वी प्रसाद पोख्रेल ९३९ मत ल्याई निर्वाचित हुनु भएको छ । सदस्यहरुमा अधिकांश पदमा थापा पक्षका उमेद्वार निर्वाचित भएकाछन् ।