स्याङ्जा, ५ मङ्सिर । स्याङ्जा फेदिखाेला गाउँपालिका १ मा रहेकाे सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अध्यानरत विध्यार्थिहरूले तिहारमा देउसि भैलो खेलि सङ्कलन गरेको रकम बाट लाइब्रेरिकाे लागि पुस्तक एवम पाठ्य सामाग्री खरिद गरेका छन् ।
फेदिखाेला आसपासका केहि घरहरूमा सिद्धार्थ सामुदायिक क्याम्पसमा अध्यानरत विध्यार्थिहरू देउसि भैलो खेलि एक लाख पन्ध हजार रकम सङ्कलन गरेका थिए ।
देउसि भैलो खेलि सङ्कलन गरेको रकम बाट केहि रकम सर्केटारीमा रहेकाे अमाेर बाल आश्रममा सहयाेग गरेका छन् भने बाँकी रकम क्याम्पसमा रहेको लाइब्रेरिलाई पुस्तक एवम पाठ्य सामाग्री र ती सामाग्री ब्यबस्थित रुपले राख्नकाे लागि बूक र्याक समेत खरिद गरि एक कार्यक्रमका बिच क्याम्पसमा हस्तान्तरण गरेका छन ।
सिद्दार्थ सामुदायिक बहुमुखी क्याम्पस फेदीखाेलाकाे स्नातक तह ४ वर्षे बी.एड. र बी.बी.एस.मा अध्ययनरत विद्यार्थी एवम् प्राध्यापक र शिक्षकहरूकाे शैक्षिक, आन्तरिक पर्यटकीय भ्रमण पनि सम्पन्न भएकाे छ ।
पाल्पामा रहेकाे रानीमहल, श्रीनगर, भैरव मन्दिर, पाल्पा दरबारलगायतका केहि स्थानमा दुइ दिनकाे शैक्षिक भ्रमण रहेकाे थियाे । शैक्षिक भ्रमणमा छात्रा, छात्र अनि प्राध्यापक साथै शिक्षकहरूकाे आन्तरिक पर्यटकीय भ्रमण सम्पन्न भएकाे छ।