प्रमुख सचिव डा. रेग्मीको बिदाइ | Samacharpati प्रमुख सचिव डा. रेग्मीको बिदाइ – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • प्रमुख सचिव डा. रेग्मीको बिदाइ

प्रमुख सचिव डा. रेग्मीको बिदाइ

प्रमुख सचिव डा. रेग्मीको बिदाइ

पोखरा, ३० कात्तिक । गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीको मंगलबार बिदाइ गरिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्का, मन्त्री डोवाटे विकसहितको उपस्थितिमा उनको बिदाइ गरिएको हो । असार २८ गते प्रमुख सचिवको जिम्मेवारी सम्हाल्न आएका रेग्मी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । गण्डकीको प्रमुख सचिवको जिम्मेवारी रविलाल पन्थले पाएका छन् । उनी बुधबार प्रदेशमा हाजिर हुँदैछन् ।

कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रमुख सचिवसँग करिव ५ महिना सँगै काम गर्दा निकै सहजताका साथ बितेको बताए । राजनीतिक नेतृत्वले लिएको लक्ष्यलाई कार्यान्वयनमा लैजान कर्मचारीतन्त्रबाट पूर्ण सहयोग अपेक्षा गरिने भन्दै डा. रेग्मीले यसमा केही कसर नराखी सहयोग गरेको बताए । उक्त अवसरमा मन्त्री कुमार खड्का र डोबाटे विश्वकर्माले यो अवधिमा डा. रेग्मीले सरकार सञ्चालनमा धेरै सहयोग गरेको भन्दै प्रशंसा गरे । प्रमुख सचिव डा. रेग्मीले १ सय २८ दिनको गण्डकी प्रदेशको बसाइ आफ्नो जीवनको अविस्मरणीय क्षण बनेको बताए ।

प्रदेशमा रहँदा क्षमताले भ्याएसम्म काम गरेको भन्दै उनले संघीयता कार्यान्यनका लागि स्थानीय तह र प्रदेश सरकार अझ सशक्त हुनुपर्ने भनाइ राखे । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव रामचन्द्र आचार्य, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले उक्त अवसरमा शुभकामना व्यक्त गरे ।

आजको ट्रेन्डिङ समाचार