नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा | Samacharpati नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १०, २०७८
  • होमपेज
  • नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा

इटहरी ः डिएस डिजिटल सिनेमाको व्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीको इलाइट सिनेमामा मंसिर ४ गते मध्यान्ह १२ बजे हुने भएको छ । अमन कुमार देवको निर्माण रहेको चलचित्रमा , गगां कुबँर , रबिन श्री, विशाल अग्रवाल रेनु थापा, प्रीतिका शर्मा, रोशन विसी , अम्बिका ,पदम सुनार, पुष्पराज नेपाल खगेन्द्र घिमिरे र आर जे भिलेनको अभिनय रहेको छ । समाजमा रहेको चेलिबेटी वेचविखनको कारणबाट उत्पन्न विभिन्न आरोह अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको छ । भारतमा बेचिएकी नेपाली चेलीले कसरी त्यहाबाट फर्किएपछी बदला लिएकी छिन भन्ने विषय बस्तुलाई चलचित्रमा देखाइएको छ ।

शंकर अधिकारी घायलको लेखन निर्देशन रहेको चलचित्रमा कृण्ण पाण्डेको छायांकन, देव मर्हजनको फाइट, राजन महर्जनको नृत्य, विश्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ । चलचित्रमा शंकर अधिकारी घायलले गीत लेखेका छन् । नृत्य शिवा दिपक लिम्बु र पूर्ण सापकोटाको स्वर रहेको छ ।

आजको ट्रेन्डिङ समाचार