नेलम्बो नेपालको गुणस्तरीय शिक्षाको लागि सहयोग | Samacharpati नेलम्बो नेपालको गुणस्तरीय शिक्षाको लागि सहयोग – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • नेलम्बो नेपालको गुणस्तरीय शिक्षाको लागि सहयोग

नेलम्बो नेपालको गुणस्तरीय शिक्षाको लागि सहयोग

नेलम्बो नेपालको गुणस्तरीय शिक्षाको लागि सहयोग

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसमा रहेको श्री जनप्रीय आधारभूत विद्यालयलाई गुणस्तरीको शिक्षाको लागि त्याहाँ रहेका ३२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक सर्ट, पाइन्ट, जुत्ता, मोजा, झोला र १ वर्षको लागि १ जना नीजि स्रोत शिक्षक नेलम्बो नेपालले आज एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर वि.क. को सभा पतित्वमा सञ्चालन भएको थियो । स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक चुडामणी भण्डारीले गनुभएको थियो । प्रमुख अतिथि माछापुच्छ«े गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सम बहादुर गुरुङ्गले नेलम्बो नेपालले गाउँपालिका वडा नं. ७ लाई विभिन्न समयमा गरि उल्लेखनिय सहयोग गरेको र कोभिड १९ को समयमा स्वास्थ्य सामग्रीहरुको सहयोगले आफ्नो वडा सुरक्षित राख्न मद्दत पु¥याएको हुदाँ नेलम्बो नेपाल प्रति अभारी रहेको बताउनु भयो । साथै नेलम्बो नेपालले अन्य शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा उल्लेखनीय कार्य गरेको प्रति धन्यवाद व्यक्त गर्नु भयो । विशेष अतिथि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल विगत चार वर्ष देखि शिक्षा, स्वास्थ्य र वातावरणमा कार्य गर्दै आईरहेको हुदाँ नेलम्बो नेपालले जहाँ अभाव छ त्यसलाई संस्थाको गक्ष अनुसार सहयोग गर्ने र त्यसलाई पारदर्शिता राख्ने पनि बताउनु भयो ।

यस विद्यालयलाई उपलब्ध गराएको १ जना निजि शिक्षकले विद्यालयको गुणस्तरीय शिक्षामा थप टेवा पुग्ने र विद्यार्थीहरुलाई वितरण गरिएको पोशाकले सवैलाई एकरुपता ल्याउनमा मद्दत पु¥याउनेमा विश्वास लिनु भयो सो कार्यक्रम नेलम्बो नेपालका जनसम्र्प अधिकृत भीम प्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार