सामाजिक न्याय बिना विकास सम्भव छैनः मन्त्री बराल | Samacharpati सामाजिक न्याय बिना विकास सम्भव छैनः मन्त्री बराल – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १०, २०७८
  • होमपेज
  • सामाजिक न्याय बिना विकास सम्भव छैनः मन्त्री बराल

सामाजिक न्याय बिना विकास सम्भव छैनः मन्त्री बराल

प्रा.डा.बराल टोल रत्नबाट सम्मानित

सामाजिक न्याय बिना विकास सम्भव छैनः मन्त्री बराल

पोखरा १८, कार्तिक । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सामाजिक न्याय बिना देशको आर्थिक विकास र समृद्धि हासित गर्न नसकिने बताउनु भएको छ । पोखरा २२ स्थित युवाज्योति उकाला टोल विकास संस्थाको विहिबार पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले सामाजिक न्याय विना कुनै पनि टोल तथा समाज र देशको विकास हुन नसक्ने दाबी गर्नु भएको हो ।

मन्त्री बरालले भन्नु भयो “हामीले अझै पनि सामाजिक नयाँ दिन सकेका छैनौं, सवै प्रकारका नागरिकहरु सामाजिक हिसावले सम्मानित छन तर हामीले सामाजिक न्याय अझै पनि दिन नसक्दा विकास निर्माणले गति लिन सकेको छैन । ” सकरात्मक सोच, उन्नती र प्रगतीको विकास गर्ने सपना देख्ने सोच बनाउनु पर्ने उहाँको भनाई थियो । समाजबाद उन्मुख संघिय लोकतान्तिक गणतन्त्रको प्रणाली रक्षा गर्ने प्रमुख दाहित्व माओबादीको भएको दाबी गर्दै मन्त्री बरालले उक्त प्रणाली भारतले सवै भन्दा बढी मन नपराएको आरोप लगाउनु भयो । भारत सहित पश्चिमा मुलुकहरुले समेत उक्त प्रणालीको नरुचाएको मन्त्री बरालले जनाउनु भयो ।

देशमा अझै पनि राष्ट्रिय एकताको जरुरी रहेको मन्त्री बरालको भनाइै थियो । आगामी निर्वाचनमा एमाले, कागेंसले बहुमत ल्याउने दाबी गरे पनि सम्भवन नभएको दाबी गर्दै मन्त्री बरालले माओबादीले मुलुकका राजनीति दलहरु बिच सहकार्य गरेर अघि बढ्न चाहेको बताउनु भयो । नेपालको सन्दर्भमा १०÷१५ बर्ष सहमती प्रणाली अपनायर माओबादी अघि बढ्न चाहेको मन्त्री बरालको भनाई छ । पुम्दीकोट जाने पुरानो फलेटे देखि पुम्दीकोट जाने बाटोको स्तरोन्नती सहितका अन्य भौतिक संरचनामा केही न केही सहयोग गर्ने उहाँले वचन दिनु भयो ।

यसैबिच टोलरत्न सम्मानबाट स्थानिय प्राध्यापक डा. ओमप्रसाद बराल सम्मानित हुनु भएको छ । पोखरा २२ पुम्दीको सिउँडबारी निवासी प्राध्यापक डा. बराल स्वास्थ्य शिक्षा बिषयमा विधावारिधि सहित शैक्षिक क्षेत्रको उत्कृष्ट उपाधि हासिल गरी विश्वबिद्यालय सेवामा पुराएको योगदानको कदर गर्दै संस्थाले सम्मान गरेको हो । सम्मानित व्यक्ति प्रा.डा. बराललाई मन्त्री बराल, टोल विकास संस्थाका अध्यक्ष भूवानी प्रसाद बरालले सम्मान पत्रको साथमा दोसल्ला तथा फुल मालाले सम्मान गर्नु भएको हो ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले जनताको हाल धेरै अपेक्षा सडक बाटो नै भएकाले त्यस तर्फ ध्यान केन्द्रित गर्न मन्त्री समक्ष आग्रह गर्नुभयो । पुम्दीकोट कोट विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति निर्माणको क्रममा हाल ३ करोड ऋण भएकोले पुनः महायज्ञ लगाउने गृहकार्य सुरु भएको बताउनु भयो ।

टोल विकास संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काग्रेंस पोखरा २२ का वडा कमिटि सभापति होम प्रसाद बराल, माओबादी केन्द्र पोखरा २२ का वडा कमिटि अध्यक्ष चण्डीका प्रसाद बराल, माआबोदी पोखरा २२ का इन्चार्ज त्रिभुवन पौडेल, नेकपा एकिकृत समाजवादी पोखरा २२ का अध्यक्ष जगन्नाथ बाँस्तोला, तिलाहार, खाडेखोला टोल विकास संस्थाका अध्यक्ष हिमलाल बराल, संस्थाका कानूनि सल्लाहकार भिमनाथ बराल, उपाध्यक्ष अर्जुन बराल, सचिव लोकनाथ बराल लगायले वोल्नु भएको थियो ।

आजको ट्रेन्डिङ समाचार