पोखरामा खुत्रुके देउसी भैलो कार्यक्रम हुने | Samacharpati पोखरामा खुत्रुके देउसी भैलो कार्यक्रम हुने – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • पोखरामा खुत्रुके देउसी भैलो कार्यक्रम हुने

पोखरामा खुत्रुके देउसी भैलो कार्यक्रम हुने

पोखरामा खुत्रुके देउसी भैलो कार्यक्रम हुने

पोखरा महानगरपालिका वडा न. १६ सेती मार्ग दिपमा भएको भबन पुनः निर्माण तथा ब्यबस्थापनका लागि सहयोगार्थ यहि मिति २०७८ साल कार्तिक २३ गते मंगलबार बिहान ११ बजे बाट केन्द्रीय कार्यलयमा बृहत खुत्रुके देउसी भैलो कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमको संयोजकमा शुसिला कट्टेल गैरे रहनुभएकाे छ । उहाँका अनुशार यस कार्यक्रमले समाज र समाजका व्यक्तिहरुले सच्चाईलाई हेर्ने दृस्टीकोणमा फरक पाइने बताउनुभयो ।

पोखरामा लामो समय पछि आयोजना हुन लागेको खुत्रुके देउसी भैलो कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले उद्घाटन गर्ने बताइएकाे छ ।

कार्यक्रममा लोक तथा दोहोरी गायक राजु परियार, रेशम निर्दोष, हास्य कलाकार राजेन्द्र नेपाली “लट्टे” र युबराज भण्डारी “बैकरे” लगायतको प्रस्तुति रहने छ ।

भबन पुनः निर्माण तथा ब्यबस्थापनका लागि सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा सम्पूर्णलाई निमन्त्रणा गर्दै कार्यक्रम सब्य र भब्यका साथ समापन हुने अपेक्षा रहेको कट्टेलले जानकारी दिनु भयो ।

आजको ट्रेन्डिङ समाचार