राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा विशेष कार्यक्रम सम्पन्न | Samacharpati राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा विशेष कार्यक्रम सम्पन्न – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा विशेष कार्यक्रम सम्पन्न

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा विशेष कार्यक्रम सम्पन्न

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा विशेष कार्यक्रम सम्पन्न

कार्तिक १६, कपिलवस्तु । “आयुर्वेद बिकासको आधार, जनशक्ति बिकास र पूर्वाधार” भन्ने नाराका साथ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती २०७८ को पावन अवसरमा आज नेपाल भरि नै विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाईदै छ । आयुर्वेदका ज्ञाता धवन्तरिको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो ।

यसै अवसरमा नेपाल आयुर्वेद औषधी व्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुको आयोजनामा योग गुरु आत्माराम आचार्यको प्रमुख आथित्यता साथै संघका जिल्ला अध्यक्ष बैध गोपाल बन्जाडेको अध्यक्षतामा कपिलधाम आरोग्य मन्दिर बाणगंगा मोतिपुरमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । कार्यक्रममा आयुर्वेदका ज्ञाता धवन्तरिका बिषयमा उपस्थित सबैले धवन्तरीको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कपिल स्वास्थ्य सेवा केन्द्र कपिलवस्तुका संस्थापक अध्यक्ष कपिलवस्तुकै योग प्रवर्द्धक योगगुरु आत्माराम आचार्यले योग आयुर्वेद तथा प्राकृतिक चिकित्साको संयोजनबाट रोगको उपचार गरेमा धेरै रोग स्वत: निको हुने बिचार व्यक्त गर्नुभयो । आहारबिहार खानपिन, रहनसहन लगायत सबै कुरामा ख्याल गर्न पनि अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल औषधी ब्यावसायी संघका तर्फबाट बेदुराम पोख्रेल, मेलान जिल्ला अध्यक्ष गोपाल खनालले आयुर्वेद औषधीको समुचित तरिकाबाट प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसै गरि कपिलधाम आरोग्य मन्दिरका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधामलाई धवन्तरी धामको रुपमा बिकास गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।कपिलधामलाई योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको क्षेत्रबाट चिनाउन आफू लागि परेको हुनाले सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा योगगुरुद्दय टोपनारायण भण्डारी र बिष्णुप्रसाद भण्डारीले आयुर्वेद औषधीले पारेको प्रभावकारीताका बिषयमा आ-आफ्ना स्मरण सुनाउँदै सबै मिलेर आयुर्वेद क्षेत्रको बिकासमा जुट्न आब्हान गर्नुभयो । कार्यक्रममा धन्यवाद तथा संस्थाको तर्फबाट आफ्नो राय प्रस्तुत गर्दै अध्यक्ष गोपाल बन्जाडेले कपिलधाम आरोग्य मन्दिर र संस्था बिच बेलाबेलामा सम्पर्क सम्बन्यय गरे संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पानसमा दिप प्रज्जवलन र स्वस्ति वाचन तथा धवन्तरिको फोटोमा टीका तथा फुल लगाई कार्यक्रमको उद्घाटन गरिएको उक्त कार्यक्रममा सचिव बैधराज दिपक पन्थी, संस्थाका कोषाध्यक्ष बैध शान्तराज गैरेले स्वागत गर्नुभएको थियो । सोही अवसरमा कपिलधाममा संचालित आश्रममा संस्थाका जिल्ला अध्यक्ष गोपाल बन्जाडेले छात्रहरुलाई फलफूल तथा स्टेसनरी सामाग्री दिई कार्यक्रम सम्पन्न गरेको जिल्ला सचिव दिपक पन्थीले जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार