बृहत फेदीखोला पोखरा सम्पर्क समाजको प्रथम अधिवेशन पाेखरामा सम्पन्न | Samacharpati बृहत फेदीखोला पोखरा सम्पर्क समाजको प्रथम अधिवेशन पाेखरामा सम्पन्न – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • बृहत फेदीखोला पोखरा सम्पर्क समाजको प्रथम अधिवेशन पाेखरामा सम्पन्न

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको प्रथम अधिवेशन पाेखरामा सम्पन्न

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको प्रथम अधिवेशन पाेखरामा सम्पन्न
photo source:lal karki anjan

स्याङ्जा, २३ असाेज । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकामा जन्म भई विभिन्न कारणले पोखरामा बसोबास गर्नेहरुबीच भाइचारा र सहयोग आदान प्रदान गर्ने उद्देश्यले स्थापना भएको बृहत फेदीखोला पोखरा सम्पर्क समाजको प्रथम अधिवेशन पाेखरामा सम्पन्न भएकाे छ ।

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा जगदीश लामिछाने, द्वितीय उपाध्यक्षमा विजय पौडेल, सचिवमा लाल कार्की अन्जान, कोषाध्यक्षमा कुल बहादुर रानाभाट (मन), सहसचिवमा मीनप्रसाद सुवेदी र सदस्यहरुमा हुम बहादुर खत्री (अर्जुन), राजकुमार क्षेत्री (जित), नरेन्द्रकुमार कार्की, विकास गुरुङ, रोहणी रहण पौडेल, राम्जी प्रसाद शर्मा पनेरु र झम्कनाथ सुवेदी (सन्तोष) लाई साधारण सभाले सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय वन, वातावरण तथा भू-संक्षरण मन्त्री दिपक चर्ती मगरले कार्यक्रम उद्घाटन गर्दै सामाजिक संघसंस्थाहरु सरकारका सहयोगी भएको बताउँदै समाजमा उल्लेखनीय कार्य गर्न स्थानीय निकायहरुसँग सहकार्य गर्दै कार्यक्रम गर्न सुझाव दिनुभएकाे थियाे ।

संस्थाका सल्लाहकार घनश्याम शर्मा लामिछानेको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलमा कानुनी सल्लाहकार टंक पौडेल र प्रेस संयोजक पत्रकार कृष्ण रानाभाट रहनुभएकाे थियाे ।

निर्वाचन समितिले सर्वसम्मत निर्वाचन गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिंदै नवनिर्वाचित कार्य समितिलाई कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

त्यसै गरी सो अवसरमा सल्लाहकार घनश्याम शर्मा लामिछानेले पचाँस हजार रुपैयाँको अक्षयकोषको घोषणा गर्नुभएकाे थियाे भने आजीवन सदस्य कमल रानाभाटले दुई हजार सहयोग गर्नुभएकाे छ । संस्थाका अध्यक्ष अबिलास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण बहादुर क्षेत्रीले र संचालन सचिव जगदीश लामिछानेले गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता