गायिका अस्मिता अधिकारी र गायकअभिनय निरौला ”हुन्न नभन” | Samacharpati गायिका अस्मिता अधिकारी र गायकअभिनय निरौला ”हुन्न नभन” – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • गायिका अस्मिता अधिकारी र गायकअभिनय निरौला ”हुन्न नभन”

गायिका अस्मिता अधिकारी र गायकअभिनय निरौला ”हुन्न नभन”

गायिका अस्मिता अधिकारी र गायकअभिनय निरौला ”हुन्न नभन”

काठमाडौं, २२ असाेज । युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारी र गायकअभिनय निरौलाको युगल गायनमा समावेश हुन्न नभनुको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतलाई स्वयम् गायक निरौलाले लेखेका हुन्। योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन्। रोमाण्टिक भर्सनको यस गीतमा सायरीको प्रयोग समेत गरिएको छ।

अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा स्वयंम गायक निरौला र रन्जना तिमल्सिना बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। ए धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो।

अभिरन इन्टरटेन्मेण्टुको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। हाल मेलबर्नमा रहेका गायक निरौलाले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता