काठमाडौँ, २२ असाेज । करिव ६ महिना अघि ”किन होला” बोलको मेलोडियस भर्सनको म्युजिक भिडियो सार्वजनिक गरेका गायक चन्द्र लावारले दशैँ तिहारको कोशेली स्वरूप ”एकै नजर” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ। गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने संगीत नताशाको रहेको छ। यस गीतलाई साहिदले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा प्रविन तामाङ, सुवानी मोक्तान, शंकर वाइबा र जेनिस तामाङ फिचर्ड छन्।
रवि रोक्काले छायांकन गरेको भिडियोलाई अनोज सुनारले सम्पादन गरेका हुन्। प्रविन तामाङको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लावारको आधिकारिक च्यानल ”चन्द्र लावार मार्फत भिडियो सार्वजनिक भएको हो।